दफा २२
मापदण्ड बनाउने
(१) प्रदेश प्रहरीले पाउने पारिश्रमिक तथा सुविधा सम्बन्धमा नेपाल सरकारले मापदण्ड बनाउनेछ र सो मापदण्डको अधीनमा रही प्रदेश सरकारले प्रदेश प्रहरीले पाउने पारिश्रमिक तथा सुविधा निर्धारण गर्नेछ।
(२) देहायका विषयमा नेपाल प्रहरीले मापदण्ड बनाई लागू गर्नेछः- (क) नेपाल प्रहरी र प्रदेश प्रहरीले प्रयोग गर्ने हातहतियार, खरखजाना तथा सञ्चार साधन र सोको प्रयोग,
(ख) नेपाल प्रहरी र प्रदेश प्रहरीलाई दिइने तालिम,
(ग) निजी क्षेत्रका सुरक्षा प्रदायक र त्यस्तो सुरक्षा प्रदायकबाट उपलब्ध गराइने सुरक्षा सेवा।